दफा १०
नेपाली मूलका विदेशी नागरिकलाई सुविधा तथा सहुलियत

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली मूलका विदेशी नागरिकले नेपालभित्र बसोवास गर्नको लागि आफ्नो वा आफ्नो परिवारको निमित्त तोकिएको शर्तको अधीनमा रही तोकिएको क्षेत्रफलको जग्गा वा अन्य सम्पत्ति खरिद गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नेपाली मूलको विदेशी नागरिकले खरिद गरेको सम्पत्ति प्रचलित कानूनको अधीनमा रही बिक्री गर्न सक्नेछ ।

(३) नेपाली मूलको विदेशी नागरिकको मृत्यु भई अपुताली परेमा र निजको नेपालमा सम्पत्ति भएमा त्यस्तो सम्पत्ति निजको हकवाला परिचयपत्रप्राप्त नेपाली मूलको विदेशी नागरिक भए निजले पाउनेछ र त्यस्तो हकवाला नभए प्रचलित कानून बमोजिम हुनेछ ।